Developed By Kuldeep Sharma

४ घण्टा अगाडि

प्रजातान्त्रिक सेनानी खनाललाई कांग्रेसद्वारा सम्मान

कपिलवस्तु ।

नेपाली कांग्रेस (देउवा समुह) प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएका प्रजातान्त्रिक सेनानी मिनप्रसाद खनाललाई सम्मान गरेको छ।

सम्मानपत्र वितरण कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य अकिल मियाले सबै समुदायलाई समेटेर संगठन निर्माण गर्न सके मात्रै पार्टी बलियो हुने बताउनुभयो।

उहाँले पार्टीमा सबै कार्यकर्तालाई अवसर र योगदानका आधारमा उचित मूल्यांकन गर्नुपर्ने उल्लेख गर्दै पार्टी बलियो भए मात्रै लोकतन्त्र पनि बलियो हुने धारणा राख्नुभयो।

कपिलवस्तु क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति मुक्तेश्वर मिश्रा, क्षेत्र नम्बर ३ (क) का सभापति चुन्ना प्रसाद उपाध्याय, क्षेत्र नम्बर ३ (ख) का सभापति राजेश उपाध्याय, महासमिति सदस्य सिराज खान, कृष्णनगर नगर सभापति विनय गिरी तथा शिवराज नगर सभापति जयस मोहम्मद गद्दि लगायत नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै सभापति गद्दिले प्रजातान्त्रिक आन्दोलन तथा पार्टी संगठन निर्माणमा लामो समयदेखि योगदान पुर्‍याउँदै आउनुभएका खनालको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको बताउनुभयो।

नेपाली कांग्रेसका नेताहरूले खनालको योगदान पार्टीको इतिहास, संगठन निर्माण र लोकतान्त्रिक आन्दोलनका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँको योगदान नयाँ पुस्ताका लागि समेत प्रेरणादायी हुने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma