Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

राजश्व अनुसन्धान प्रमुख अनुसन्धान अधिकृत घुससहित पक्राउ

राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय राना र व्यवसायी अनिलकुमार झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।
दुई लाख रुपैयाँ घुस बापतको रकम लेनदेन गरिरहेको अवस्थामा उनीहरुलाई बुटवलको बुद्धचोकबाट नियन्त्रणमा लिइएको अख्तिायारले जनाएको छ ।
प्रमुख अनुसन्धान अधिकृत रानाले गुड्खा र चिनी व्यवसायी अनिल कुमार झाबाट मासिक रूपमा घुस रकम लिने गरेको सूचनापछि आयोगको बुटवलबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा दिइएको अख्तियारद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको पनि अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma