Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

२४ घण्टामा २५९ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा देशमा २५९ जनामा कोरोना भाइरस कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ६८७ नमुना परीक्षण गर्दा काठमाडौं उपत्यकामा मात्र ६२ जनामा सङ्क्रमण देखिएको छ । यससँगै देशभर कुल सङ्क्रमितको संख्या २१ हजार ९ पुगेको छ । यस मध्ये ५८ जनाको मृत्यु भएको छ भने १५ हजार २० जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ४८ जना सङ्क्रमित थपिएका छन् । यस्तै सर्लाहीका २६, मोरङका २३, कैलालीका २२, महोत्तरीमा १५, भक्तपुर र धनुषाका १३\ १३ जना सङ्क्रमित भएका छन् । यस्तै सुनसरीका १२, अछाम र बाँकेका ११, रुपन्देहीका ९, झापाका ८, सप्तरी र बाराका ७ \ ७ जना र रौतहटका ६ जनालाई कोरोना सङ्क्रमण भएको छ । गुल्मीका ५, सल्यानका ३, इलाम, सिरहा, कपिलवस्तु र कास्कीका २ ÷ २ जना तथा ललितपुर, धनुषा, बझाङ, पर्सा, तनहुँ, चितवन, लमजुङ र पर्वतका एकरएक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma