कपिलवस्तु,२० साउन
स्रोत नखुलेको १६ लाख रुपैयाँ सहित कपिलवस्तु वाट एक जना नेपाली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको मायादेवी गाउँपालिका वडा नं. १ बोरहइया निवासी ३६ बर्षीय विनोद सोनारलाई मगंलवार प्रहरीले नियन्त्रणमा लिएको हो ।
भारत सँगको सीमा क्षेत्र मायादेवी गाउँपालिका वडा नं. ४ ठकुरापुर हुँदै नेपाल आउँदै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरि उपरिक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।
सोनारको साथबाट रु १ हजार नोट १२ लाख र ५ सयका नोट ४ लाख रहेको उपरिक्षक अधिकारीले बताउनुभयो । पक्राउ परेका सोनार र नगद रकमलाई सुठौली भन्सार कार्यालयमा बुझाइएको उहाँले बताउनुभयो । के को लागि नगद रकम ल्याउदै गरेको बारे खुल्न नसकेको र अनुसन्धान भइरहेको जनाइएको छ ।

0Shares