Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

श्रीलंकामा कोरोना महामारीका बीच निर्वाचनको तयारी सुरु

श्रीलंकामा कोरोना महामारीका बीच निर्वाचनको तयारी सुरु गरिएको छ । २ सय २५ सदस्यीय संसदको निर्वाचनका लागि ७ हजार ४ सय ५० भन्दा बढीले उम्मेदवारी दिएका छन् । निर्वाचनमा करिब एक करोड ६२ लाख मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्नेछन् । तर, ४ सयभन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण देखिएकाले उनीहरु भने मतदानमा सहभागि हुन नपाउने श्रीलंका सरकारले जनाएको छ । साथै जो सङ्क्रमितहरु अस्पताल वा कोभिड सेन्टरमा १४ दिनसभन्दा बढी क्वारेन्टाइनको समय पूरा गरिसकेका छन् उनीहरुका लागि छुट्टै मतदान केन्द्रको व्यवस्था मिलाइएको छ । चुनाव आयोगका अध्यक्ष महिन्द्रा देशप्रियाले चुनाव प्रक्रियाका कारण कोभिड–१९ को सङ्क्रमण दरमा वृद्धि नहुने दावी गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma