Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

शिवराजमा २७ जना व्यापारीको कोरोना रिपोर्ट नेगेटिभ

मोफसल खबर
कपिलवस्तुको शिवराज नगरपालिमा चन्द्रौटा लगायत बजार क्षेत्रका ३२ जना व्यापारी मध्ये २७ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
नगरपालिकामा समुदाय स्तरमा नै कोभिड १९ कोरोना संक्रमण देखिए पछि नगरपालिकाले नगरको मुख्य बजार चन्द्रौटाका ३२ जना व्यापारीहरुको स्वाब संकलन गरी परिक्षणका लागी पठाएको थियो जसमा २७ जनाको रिपोर्ट नेगेटिभ आएको शिवराज नगरपालिका स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराईले जानकारी दिनु भयो । पठाइएका मध्ये ५ जनाको रिपोर्ट भने आउन बाँकी रहेको उहाँले बताउनु भयो ।
सावन १२ गते आएको ३६ कारोना पोजिटभ रिपोर्टमा समुदाय स्तरका व्यक्तिहरुमा पनि संक्रमण देखिए पछि रेन्डम बजारका ३२ जना व्यापारी स्वाब संकलन गरी परिक्षणका लागी पठाइएको नगर प्रमुख नेत्रराज अधिकारीले बताउनु भयो । समुदायमा स्तरमा कोरोना देखिए पछि नगरले पछिल्लो पटक कन्ट्याक्स टे«सिङमा परेका ३ सय ६४ जनाको स्वाब संकलन गरी परिक्षणका लागी पठाएको त्यसको रिपोर्ट अझै नआएको प्रमुख अधिकारीले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma