Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

कृष्णनगरका कोरोना संक्रमित घरमै , स्थानिय त्रासित

मोफसल खबर
कपिलवस्तुको कृष्णनगरमा सावन २० गते मंगलबार ५ जना समुदाय स्तरका नागरिकमा कोभिड १९ कोरोना पोजिटिभ देखिएको छ । ।मंगलबार समुदाय स्तरका १ शिक्षक, २ जना विद्यार्थी १ जना एभरेष्ट बैंकका कर्मचारी र १ जना डिजे साउण्ड व्यापारीमा कोरोना पोजिटिभ देखिए पछि कृष्णनगर बासी त्रासित भएका छन ।
कोरोना पोजेटिभ देखिएकाहरुलाई उपचारका लागी स्थानिय तह, प्रदेश वा केन्द्रले तयार पारेको आइशोलेशन वार्डमा लानु पर्छ । तर कृष्णनगर नगरपालिकाले कोरोना पोजेटिभ देखिएका ५ जनालाई अझै सम्म आइशोलेशन अस्पतालमा लगेको छैन भने पोजेटिभ रिपोर्ट आएकाहरु आफ्नै घरमा रहेका छन । कोरोना पोजिटिभ भएका व्यक्तिहरु आइशोलेशनमा नभई गाउँघरमा नै हुदाँ स्थानियहरुमा झनै बढि त्रास फैलिएको छ । कोरोना रिपोर्ट पोजेटिभ आए पछि आफु घरमा नै बसेको र बाहिर कतै ननिस्किएको, लिन पनि कोहि नआएको कहाँ जाने भन्ने पनि जानकारी नभएको संक्रमितले बताए । समुदाय स्तरमा नै कोरोना संक्रमित भेटिनु र नगरपालिकाले वेवास्ता गर्नुले आफुहरु त्रासित भएको कृष्णनगरका एक स्थानियले मोफसल खबर संग भने ।
कृष्णनगर स्वास्थ्य शाखा प्रमुख शंकर भट्टराईले भने संक्रमितलाई हिजो नै आइशोलेशन राख्नु पर्ने पहल गरेको भए पनि नगरपालिकाले होम आइशोलेशनमा नै राख्न भनेकोले आफुले केहि गर्न नसकेको बताए ।
यता कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाहले अहिले नगरपालिकामा आइशोलेशन संचालनमा नरहेकोले समस्या भएकों बताए । हिजै आइशोलेशन भर्ना गर्नु पर्ने भए पनि कहाँ कुन आइशोलेशन लाने भन्ने नै विचाराधिन रहेकोले संक्रमितहरु आफ्नै घरमा रहेको उनले बताए । आज आइशोलेशनको व्यवस्थापन गरी भर्ना गरीने समेत शाहले बताए ।
यसरी कोरोना पोजिटिभ देखिएकाहरुलाई आइशोलेशनमा नराखेर घर मै राख्दा नियन्त्रणको प्रयासमा लागेका अन्य स्थानिय तहहरुलाई समस्या पर्ने हुनाले नगरपालिकाले आशोलेशनमा पठाउनु पर्ने एक स्थानियले बताए । स्थानिय तहमा आइशोलेशन नभए बनाएर भए पनि संक्रमितलाई आइशोलेसनमा राख्नु पर्ने कपिलवस्तु प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले बताउनु भयो । के कसो भएको आफु बुझ्ने र अनिर्वाय आइशोलेशनमा राख्न लगाउने समेत उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma