Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

कोरोनाका कारण १३ जिल्लामा निषेधज्ञा

काठमाडौं । कोरोना सङ्क्रमण नियन्त्रणका लागि स्थानिय सरकारहरुले धमाधम लकडाउन अथवा निषेधाज्ञा लगाउन थालेका छन् । लकडाउन खुलेसँगै तीव्र रुपमा लक्षणसहित कोरोना भाइरसको संक्रमण बढेपछि प्रदेश २ को ६ जिल्लासहित १३ वटा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । प्रदेश २ को ठूला शहर, सदरमुकाम र अरु जिल्लामा स्थानिय तह वडासम्म पनि निषेज्ञाज्ञा लगाइएको छ ।

प्रदेश २ अस्थायी राजधानी जनकपुर, पर्साको वीरगन्ज, बाराको कलैयालगायतका अधिकांश ठाउँ, महोत्तरीको जलेश्वर र सप्तरीको राजबिराजलगायतका ठाउँमा निषेधाज्ञा लागेको छ । आज बिहान सर्लाहीमा पनि निषेधाज्ञा लगाइएको छ ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार हिजो मंगलबार साँझसम्म १२ वटा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । सप्तरी, बाँके, बारा र पर्सा, सर्लाहीमा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ ।

धनुषा, मोरङ, महोत्तरी, झापा, सुनसरी, बझाङ, नुवाकोट र दार्चुलामा केही स्थानीय तह र स्थानीय तहभित्रका केही वडामा मात्रै निषेधाज्ञा लागू गरिएको छ ।

संक्रमणको गति फैलन सक्ने भन्दै अन्य जिल्लाले समेत जिल्लाभित्र हुने गतिविधिमा नियन्त्रण गर्न स्थानीय प्रशासनलाई सक्रिय बनाएका छन् ।
हिजो मंगलबार साँझसम्म मात्रै देशभर कुल संक्रमितको संख्या २१ हजार ९ पुगेको छ ।

उनीहरूमध्ये ५८ जनाको मृत्यु भएको छ भने १५ हजार २० जना उपचारपछि निको भएका छन् । हिजो मात्रै काठमाडौं उपत्यकामा ६२ सहित थप २५९ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको थियो ।

facebook sharing button
twitter sharing button
pinterest sharing button
sharethis sharing button

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma