Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ६० पुग्यो

नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ६० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड–१९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो समय थप २ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ६० पुगेको बताएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पर्साका दुई जनाको आज कोरोना सङ्क्रमणका कारण मृत्यु भएको जानकारी दिनुभयो । उहाँले पछिल्लो २४ घन्टामा थप ३ सय ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र नेपालमा कोरोना सङ्क्रमित हुनेको संख्या २१ हजार ३ सय ९० पुगेको बताउनुभयो । उहाँले पछिल्लो २४ घन्टामा एक सय ३० जना कोरोना सङ्क्रमित निको भएको र नेपालमा कोरोना सङ्क्रमण पछि निको हुनेको संख्या १५ हजार १ सय ५६ पुगेको पनि बताउनुभयो । यस्तै हालसम्म नेपालका ७७ मध्ये ७ जिल्ला कोरोना सङ्क्रमण मुक्त जिल्ला बनेको छ । कोरोना सङ्क्रमण मुक्त हुने जिल्लामा खोटाङ्ग, धनकुटा, भोजपुर, संखुवासभा, मनाङ्ग, मुस्ताङ्ग र रुकुम पश्चिम रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma