Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

कोरोना भाइरसको सबैभन्दा बढी प्रभाव अल्पसंख्यक समुदायमा परेको अध्ययनको निष्कर्ष


कोरोना भाइरसको सबैभन्दा बढी प्रभाव अल्पसंख्यक समुदायमा पर्ने गरेको एक अध्ययनले देखाएको छ । बेलायतमा गरिएको एक अध्ययन अनुसार अश्वेत र अल्पसंख्यक समुदायका मानिसहरुमा कोरोना भाइरसको सङ्क्रमण हुने खतरा उच्च हुनेको गरेको छ । अध्ययनका अनुसार अल्पसंख्यक र अश्वेत मानिसहरु प्रायः कामदार, सार्वजनिक यातायातको प्रयोग अत्याधिक गर्ने र विभिन्न घरहरुमा काम गर्ने भएकाले उनीहरुमा कोरोना भाइरसको जोखिम उच्च हुने गरेको हो । रेस इक्वालिटी थिन्क ट्याक्क ¥यानिमेडे टेस्ट्सले अमेरिकाको न्युयोर्क राज्यमा पनि अध्ययन गरेको र त्यहाँपनि अश्वेत मानिसहरुमा कोरोना सङ्क्रमणको जोखिम उच्च हुनेको गरेको पाइएको थियो । यसअघि पनि बेलायतको राष्ट्रिय स्वास्थ्य आयोगले गरेको एक अध्ययनमा अश्वेत र अल्पसंख्यक समुदायका मानिसहरुमा कोरोना सङ्क्रमणको जोखिम सबैभन्दा धेरै देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma