Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

सुकुम्बासीको समस्या समाधानका लागी अध्यक्ष थापाको पहल

मोफसल खबर


कपिलवस्तुको विजयनगर गाउँपालिकामा रहेका सुकुम्बासीका समस्याहरु लिएर गाउँपालिका अध्यक्ष गोपाल थापा अहिले सुकुम्बासी समस्या समाधान आयोगमा दौड धुप गरीरहनु भएको छ । सुकुम्बासीहरुले झेल्दै आएका समस्याहरुलाई छिटो समाधान गर्न अध्यक्ष थापाले आयोगका अध्यक्ष देवी ज्ञवाली संग भेट समेत गर्नु भएको छ ।
बुधबार अध्यक्ष थापाले आयोगका अध्यक्ष ज्ञवालीलाई भेटी गाउँपालिकामा रहेका सुकुम्बासीहरुको समस्या समाधानका पहल गर्नु भएको हो । भूमिहिन सुकुम्बासीहरुका समस्यालाई बताउदै थापाले उनीहरुका लागी आयोगले छिटो समाधानको लागी काम गरिदिन अनुरोध पनि गर्नु भयो । “विजयनगर गाउँपालिकाका सुकुम्वासीहरुका समस्याको बारेमा आयोगका अध्यक्षलाई जानकारी दिएको छु, प्राथमिकतामा राखेर काम गर्न अनुरोध पनि गरेको छु” अध्यक्ष थापाले भन्नु भयो ।
आयोगका अध्यक्ष देवी ज्ञवालीले प्रक्रिया अनुसार विजयनगरलाई प्राथमिकताका साथ सुकुम्वासी समस्यालाई समाधान गर्न कदम चाल्ने आश्वासन दिनुभएको छ । उहाँले विभिन्न चरणमा छनोट प्रक्रिया अनुसार काम कारवाही अगाडी बढाउने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma