Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

कपिलवस्तुमा थप २१ जनामा कोरोना पुष्ठि

कृष्ण थापा

कपिलवस्तुमा थप २१ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न स्थानमा रहेका समुदायमा गरिएको नमुना थ्रोट स्वाब मध्ये आएको रिपोर्टमा थप २१ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालयका अनुसार कपिलवस्तु नगरपालिकाको तौलिहवा क्षेत्रभित्र संचालित बैंक तथा वितिय संस्था देखि संकलन गरिएका नमुना मध्ये १३ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै मेडिकल, पोलिक्लिनिकबाट २ जना, गैरसरकारी संस्थामा कार्यरत ३ जना, स्वास्थ्कर्मी १ जना, शिक्षक २ जना र अन्य बजार क्षेत्रका ३ जनामा संक्रमण देखिएको छ ।
यस्तै मायादेवी गाउँपालिकाका एक जना स्वास्थ्यकर्मीमा पनि कोरोना देखिएको छ । यससंगै कपिलवस्तु जिल्लामा संक्रमितको संख्या ८४० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma