Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

देशभर सामान्य बदली, केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

सावन २३ काठमाडौं ।

मनसुनी न्युन चापीय रेखा हाल नेपालभन्दा दक्षिण तर्फ रहेको छ ।जसअनुसार देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।

प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक, दुई स्थानहरूमा हल्का बर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज विहान ६ बजे मापन गरिएको रेकर्ड अनुसार पछिल्लो ३ घण्टामा धनकुटा, उदयपुर, भोजपुर, खोटाङ, ओखलढुङगा, सिन्धुली र आसपासका क्षेत्रमा मध्ययम बर्षा भएको छ ।

ती जिल्ला र आसपासका क्षेत्रबाट बहने साना नदीमा आकस्मिक बहाव हुन सक्ने सम्भावना रहेको छ भने तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती देशभरको मौसममा सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक, दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma