Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

तिज आयो : सुन किन्ने ग्राहक छैनन

सुनको भाउमा ऐतिहासिक वृद्धिले बजारमा फिर्ता सुनको कारोबार बढेको व्यवसायीहरुले बताएका छन् । पुराना गहना फिर्ता बिक्री कारोबार हरेक दिन पाँचदेखि सात किलोको दरले भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाइ छ ।धेरैजसो आर्थिक समस्यामा परेकाहरुले अहिले सुन बेचिरहेको व्यवसायीहरुले बताएका छन् । तर, बजारमा सुन किन्ने ग्राहक भने छैनन् । कुनै समय देशभरबाट दैनिक ४० किलोसम्म सुनका गहना बिक्री गर्ने व्यवसायीहरु अहिले बिक्री शून्य रहेको बताउँछन् ।

राज्यले तत्काल कदम नचाले एक दिन सुनको बजार ‘डेडलकको अवस्थामा पुग्ने महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यको दाबी छ । ‘सोच्ने बेला छ, नत्र बजारबाट एक दिन व्यवसायी भाग्ने दिन आउन सक्छ,’ उनले भने । डेडलकको अवस्था रोक्न महासंघले राष्ट्र बैंकलाई सुझावहरु बुझाएको पनि उनले बताए ।बजारमा वस्तु वा सेवाको खरिदबिक्रीको क्रममा दुई पक्षीय कारोबार हुन्छ । आवश्यकताको आधारमा मूल्य तिरेर उपभोक्ताले बिक्रेतासँग वस्तु वा सेवा खरिद गर्छ, सो बापत बिक्रेताले रकम पाउँछ । तर सुनको कारोबारमा बिक्रेताले बिक्री गरेको सुन उपभोक्तालाई आवश्यक परेमा बिक्रेताले नै फिर्ता खरिद गर्नु पर्ने नियम छ ।सुनको बजार सामान्य हुँदा बिक्रेता र खरिदकर्ताबीच खरिद–बिक्री सामान्य थियो तर अहिले सुनको मूल्य बढेका कारण बिक्रेताको बिक्री शून्य छ भने उपभोक्ताको फिर्ता सुनको मात्रा बढी छ ।

अहिलेको कारोबारलाई सुनचाँदी व्यवसायी महासंघले ऋणात्मक भनेको छ । तर सुनको मूल्य अझै बढ्नसक्ने आंकलन अन्तर्राष्ट्रिय बजारमा भएका कारण फिर्ता सुन बिक्रीको लहर कम भएको व्यवसायीहरुको दाबी छ ।कुनै एक बिन्दुमा पुगेर सुनको बढ्दो मूल्य आरालो लाग्न थाल्यो भने फिर्ता बिक्रीको चाप थेगिनसक्नु हुने र त्यो बेला कारोबार बन्द हुन सक्ने अवस्थालाई डेडलक भनेको महासंघका महासचिव बज्राचार्य बताउँछन् । ‘एकै दिन सयौँ किलो पुरानो गहना बिक्री गर्न उपभोक्ता बजार आउन सक्छन् त्यस्तो अवस्थामा हामीले थेग्न सक्दैनौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma