Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

उपत्यकामा पछिल्लो २४ घन्टामा १०६ कोरोना संक्रमित

सावन २३
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । उपत्यकामा पछिल्लो २४ घन्टामा १ सय ६ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंका ९२ जना, भक्तपुरका ४ जना र ललितपुरका १० जनामा कोरोना संक्रमण भएको जानकारी दिए ।
गौतमले विभिन्न जिल्लामा थपिएका ४ सय ६४ जनासहित देशभर संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको जानकारी दिए ।
संक्रमितमध्ये १५ हजार ८ सय ५४ जना उपचारपछि घर फर्किएका छन् भने ७० जनाको ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma