Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

भारतमा विमान दुर्घटना, पाइलटसहित १७ जनाको ज्यान गयो


साउन २४,
काठमाण्डौ भारतको केरलामा विमान दुर्घटना हुँदा पाइलटसहित १७ जनाको ज्यान गएको छ ।

दुबईबाट आएको विमान केरलाको कोझिकोड विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेबाट बाहिर गएपछि दुर्घटना भएको हो ।

विमानमा कोरोना सङ्क्रमणका कारण जागिर गुमाएका, भिसा अवधि सकिएका, घुम्न गएर दुबईमै अड्किएकालगायत गरी १० बालबालिकासहित १९० जना रहेका भारतीय संचारमाध्यमले जनाएका छन्।

विमानमा रहेकामध्ये १ सय ६० जना घाइते भएका छन् । उनीहरुलाई विभिन्न अस्पताल लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma