Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

सोलुखुम्बुको चोकर्मा पोखरी फुटेको आशङ्का


साउन २५, २०७७
सोलुखुम्बु ( सोलु दूधकुण्ड नगरपालिका–१ मा रहेको सेतो पोखरी ९चोकर्मा० फुटेको आशङ्का गरिएको छ । दूधकुण्ड पोखरीकै आकारमा रहेको पोखरी फुटेकै कारण सोलुखोलामा पानीको बहाव बढेको हुनसक्ने प्रत्यक्षदर्शी फुछिरिङ शेर्पाले जानकारी दिनुभयो ।

शुक्रबार बिहानैदेखि सोलुखोलामा पानीको बहाव उच्च देखिएपछि दूधकुण्ड पोखरी या अन्य कुनै पोखरी फुटेको हुन सक्ने अनुमान गरिँदै आएको थियो । दूधकुण्ड क्षेत्रमा रहनुभएका फुछिरिङ शेर्पाले चोकर्मा फुटेर तीन भागमध्ये एक भाग पानी बगिसकेको हुनसक्ने बताउनुभयो । पोखरी पूर्णरुपमा फुट्ने खतरा भने उच्च रहेको उहाँको भनाइ छ । पोखरीको अन्य वरिपरिको भाग चिराचिरा परिसकेको भन्दै नदी किनारका स्थानीयवासीले उच्च सतर्कता अपनाउनुपर्ने उहाँको सुझाव छ ।

दूधकुण्ड क्षेत्रमा चौँरी गोठमा रहनुभएका लाक्पा लामाका अनुसार चोकर्मा पोखरी फुटेर आएको पानी चोतारे पोखरीमा आउँदा खोलामा पानीको बहाव कम भएको बताउनुभयो । चोतारे पोखरी नभएको भए जनधनको क्षति हुनसक्ने उहाँको भनाइ छ । उहाँले अझै पनि चोकर्म ताल फुटेर चोतारे पोखरीमा आउने सम्भावना बढी भएकाले आवश्यक सुरक्षा नीति अपनाउनुपर्ने बताउनुभयो ।

सांसदको टोलीले स्थलगत अध्ययन गर्ने

सोलुखुम्बु प्रदेशसभा ९ख० का सांसद एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० प्रदेश १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले मौसम खुलेको अवस्थामा आइतबार हेलिकोप्टरमार्फत स्थलगत अध्ययनमा जाने बताउनुभयो ।

पोखरी फुटेको खबरले त्रास फैलिएको भन्दै वास्तविकता अध्ययन गरी थप तयारी गरिने उहाँको भनाइ छ । शुक्रबार पनि स्थलगत अध्ययन गर्ने योजना बनाए पनि मौसमका कारण असफल भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी रमा आचार्यले जानकारी दिनुभयो ।

सल्लेरी सदरमुकामदेखि ३० कोष उत्तरपूर्व क्षेत्रमा पर्ने दूधकुण्ड क्षेत्र पुग्नका लागि दुई दिन लाग्छ । सोलु दूधकुण्ड नगरपालिका–१ मा पर्ने दूधकुण्ड क्षेत्रमा करिब दर्जन बढी साना–ठूला ताल रहेको बताइन्छ । ती तालको अवस्थाका बारेमा आधिकारिकरुपमा अध्ययन भने गरिएको छैन । ताल फुटेको खण्डमा सोलुखोलामा निर्माणाधीन तीन जलविद्युत् आयोजनामा क्षति पुग्नुको साथै कम्तीमा तीन बस्ती नै विस्थापित हुने बताइएको छ । ती बस्तीका मानिसलाई सुरक्षित साथ बस्न आग्रह गरिएको प्रहरीले जनाएको छ ।

सोलुखुम्बु प्रहरीले भने आधिकारिक पुष्टि गरेको छैन । स्थानीय भाषामा ९चोकर्मा० भनिने सेतो पोखरी फुटेको खबर प्राप्त भए पनि आधिकारिक पुष्टि हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मन्दी चौहानले जानकारी दिनुभयो ।

सोलुखोलामा पानीको बहाव उच्च हुँदा जुनबेँसी क्षेत्रमा नदीको पानी बस्तीमा समेत प्रवेश गरेको छ । अहिले पानीको बहाव केही मात्रामा कम भए पनि जोखिम भने कायम रहेको स्थानीयवासी नाम्गेल शेर्पाले बताउनुभयो ।

खोला किनारका स्थानीयवासीलाई समयमै सचेत नगराउने हो भने थप क्षति हुनसक्ने उहाँको भनाइ छ । सोलुखोलाको मुहान क्षेत्रमा पर्ने सहश्रवेणीमा रहेको एउटा चौंरीगोठ तथा तीनवटा काठे साँगुसमेत बगाएको भन्दै शेर्पाले क्षतिको विवरण सङ्कलनमा ढिला गर्न नहुने बताउनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma