शनिबार कोरोना संक्रमित संख्या ५० लाख नाघेसँगै संक्रमित संख्यामा अमेरिकाले रेकर्ड कायम गरेको रोयटर्सले जनाएको छ।

रोयोटर्सका अनुसार अमेरिकामा हरेक ६६ जना नागरिकमा एक जना कोरोनाबाट संक्रमित छन्। यस्तै कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ६० हजार नाघेको छ। यो संख्या विश्वको कुल मृत्युसंख्याको झण्डै एक चौथाई हो।

यो संख्या अमेरिकी राष्ट्रपतिले संक्रमणबाट आर्थिक संकटमा परेका अमेरिकीहरूलाई राहत दिने एक आर्थिक कार्यक्रममा हस्ताक्षर गरेका बखतमा आएको हो। आर्थिक सहयोगको प्याकेजमा कंग्रेससँग सहमतिमा पुग्न नसकेपछि उनले आर्थिक राहतका लागि कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

शुक्रबार अमेरिकाको श्रम मन्त्रालयले जुलाई महिनामा त्यहाँ रोजगारीदर उल्लेख्यदरमा घटेको जनाउँदै तुरून्तै सरकारी सहयोगको आवश्यक्ता रहेको जनाएको थियो।

यस्तै बुधबार कोरोना भाइरसविरूद्धको अमेरिकी सरकारको टास्क फोर्सका प्रमुख डा। एन्थोनी फाउचीले वर्षको अन्त्यसम्म कम्तीमा एउटा कोरोना विरूद्धको खोप उपलब्ध हुने बताएका थिए।

तर ट्रम्पले भने नोभेम्बर ३ मा हुने राष्ट्रपतिको निर्वाचनसम्ममा अमेरिकाले खोप पाइसक्ने धारणा राखेका थिए।

0Shares