Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

कपिलवस्तुमा घरको छतले च्याप्दा एक जनाको मृत्यु


मोफसल खबर
साउन २६
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १ शिवपुरमा घरको छतले च्याप्दा एक जनाको मृत्यु भएको छ । घर भत्काउदै गर्दा छत भत्किएर च्यापे पछि शिवराज नगरपालिका वडा नं. ३ हचुवाका २६ बर्षका चिन्का चौधरीको मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
शिवपुरका विनोद कुँवरको पुरानो घर भत्काउने काम गर्दै गरेका चौधरीलाई एक्कासी छत भत्किएर च्यापेको हो । आइबार दिउँसो करिब ४ बजे छतले च्यापेर घाइते भएका चौधरीलाई उपचारका लागी बुटवल तर्फ लाग्दै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक चौधरीको अहिले बहादुरगंज अस्पतालमा पोष्ट मार्टम भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटा प्रमुख दिपेश खरेलले मोफसल खबरलाई बताए । घटना सम्बन्धि थप अनुसन्धान भइरहेको समेत उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma