Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

मलामी गएका युवा नदीमा बेपत्ता


साउन
धनकुटा – धनकुटाको चौबिसे गाउँपालिका ५ हंसमोरङमा मलामी गएका एक युवा सोमबार दिउँसो तमोर नदीले बगाएर बेपत्ता भएका छन् ।

चौबिसे गाउँपालिका ५ का वडाध्यक्ष पदमकुमार देवानकी आमाको अत्येष्टिका लागि मलामी गएका स्थानीय उत्तरबहादुर याखाको छोरा महेन्द्र याखालाई नुहाउने क्रममा नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोविन्द अधिकारीले बताउनुभयो ।

तमोर नदीले याखालाई बगाएपछि अस्थायी प्रहरी पोस्ट मौनाबुधुक, मुलघाट प्रहरी चौकी, सशस्त्र प्रहरी बल बेस क्याम्प मूलघाट र स्थानीयवासीले खोजी गरिरहेका छन् । याखालाई चौबिसे–५ त्रिवेणीघाटबाट नदीले बगाएपछि साँगुरीगढीको याक्चना घाट, मूलघाट लगायतका ठाँउमा खोजीको लागि प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma