Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

कपिलवस्तुमा रेडियो कक्षा शिक्षा प्रभावकारी बन्दै


मोफसल खबर
कपिलवस्तु साउन २७


कपिलवस्तुमा रेडियो शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । नेपाल पत्रकार महासंघ कपिलवस्तुको संयोजनमा जिल्लाका विभिन्न रेडियोहरुबाट प्रसारण हुने रेडियो कक्षामा विद्यार्थीहरुको आर्कषण बढेको छ ।

रेडियो कक्षाको प्रभावकारिता बारे समिक्षा गदै
पत्रकार महासंघ केन्द्रिय सदस्य बसन्त गिरी, कालिका स्वावलम्बन सामाजिक केन्द्रका निर्देशक अर्जुन थापा सहित शिक्षकहरु


कोभिड १९ कोरोना भाइरसको महामारीका कारण सम्पूर्ण शैक्षिक गतिविधीहरु अहिले बन्द रहेको छ । विद्यालयहरु बन्द हुदाँ विद्यार्थी विगत ४ महिना देखि विद्यालय गएका छैनन । विद्यालय बन्द र कोरोनाको महामारी अझै कहिले सम्म रहन्छ भन्ने अन्योलता नै रहेको अवस्थामा विद्यार्थीको पठनपाठन जिल्लाका रेडियोहरु मार्फत हुदै गर्दा विद्यार्थीहरुलाई पठनपाठनमा सहज भएको छ ।
पत्रकार महासंघ कपिलवस्तुको संयोजन,जिल्लाका १० वटै तह , नेपाल शिक्षक महासंघ कपिलवस्तुको सहकार्य,शिक्षा विकास तथा समन्वय इकाइ कपिलवस्तुको समन्वय र युनिसेफ, कालिका स्वाबलम्बन विकास केन्द्रको सहयोगमा जिल्लाका तिन वटा सामुदायिक रेडियोबाट दैनिक ५ वटा विषयका कक्षा संचालन भइरहेका छन ।
कक्षा ४, ५, ६, ७ र ८ को नेपाली, अंग्रेजी,गणित,विज्ञान र सामाजिक विषयको कक्षा रेडियोहरुबाट प्रसारण भए पछि विद्यार्थीहरुले आफ्नो कक्षाको पढाई रेडियो सुनेर नै गर्दै आएका छन । विद्यालय बन्द, दिनभरी मोबाइल र टिभीमा भुल्ने छोरा छोरी अहिले भने रेडियो सुन्दै पढ्दै गरेको देख्दा खुसी लागेको विजयनगर गाउँपालिका वडा नं. ५ का रामदयाल कुर्मीले भने । रेडियो कक्षा सुरु भए पछि आफ्नो छोराछोरीले नियमित रेडियो सुन्दै पढ्दै गरेको शिवराज नगरपालिका ३ कि अभिभावक सुमकला पाण्डेले बताई । कोरोनाले विद्यालय सुरु नभएको अवस्थामा स्थानिय रेडियोहरुबाट सरहरुले पढाउदाँ छोराछोरीले रेडियो बाटै सिक्दै गरेको अभिभावक विरमान चौधरीले बताए ।
दिउँसोको १ः४५ बजे घरमा भएको सानो नोकिया मोबाइल सेटमा रेडियो बजाउदै पाठ्यपुस्तक खोलेर रेडियो सुन्दै पढ्ने गरेको सुस्मिता पाण्डे बताईन । उनी श्री आधारभूत विद्यालय मदवामा कक्षा सातमा पढ्छिन । स्थानिय सामुदायिक रेडियोहरुबाट पढाइ हुन थालेपछि उनी रेडियो सुन्दै पढ्दै आइरहेकी छिन । उनी संगै बसेर अरु कक्षा पाचमा पढ्ने सुमन, ६ पढ्ने रिता, कक्षा सातमा नै पढ्न उनका अन्य ३ जान साथीहरुले पनि संगै रेडियो सुन्दै पढ्दै गरेको उनले बताइन । रेडियोबाट सरहरुले पढाउदाँ अलि विस्तारै पढाई दिए अझ राम्ररी बुझन सकिने सुमनले बताए ।

रेडियो कक्षाको प्रभावकारिता बारे समिक्षा गदै
पत्रकार महासंघ केन्द्रिय सदस्य बसन्त गिरी, पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसाल सहित शिक्षकहरु


विद्यालय लामो समय सम्म बन्दा रहदाँ विद्यार्थीहरुको पढाई नै प्रभावित भएको अवस्थामा रेडियो कक्षाले केहि भए पनि विद्यार्थीहरुलाई राहत पुराएको विजयनगर गाउँपालिका शिक्षा शाखा प्रमुख शिवराज सुवेदिले बताए । भित्री मधेशका विद्यालयमा पढ्ने बालबालिकालाई भने भाषाले केहि बुझन समस्या पर्ने गरेको समेत उनले बताए । “प्रत्यक्ष कक्षामा नै नेपाली र अवधी भाषाबाट बुझाउनु पर्ने हुन्छ रेडियो बाट एकतर्फी नेपालीमा भाषा मात्रै बोल्दा विद्यार्थीको सिकाइमा केहि अप्ठ्यारो भने पक्कै छ” सुवेदीले भने । रेडियो मार्फत प्रशारण भएको रेडियो कक्षा सुनेर अधिकांश विद्यार्थीहरुले प्रतिक्रिया दिने गरेको राष्ट्रिय मावि चन्द्रौटाका शिक्षक विष्णु भण्डारीले बताए ।
रेडियो शिवराजबाट उत्पान हुने रेडियो कक्षा शिक्षामा २५ जना शिक्षकले रेडियोबाट पढाउने र जिल्लाका सामुदायिक रेडियो विजयनगर एफ.एम, सामुदायिक रेडियो कपिलवस्तु र सामुदायिक रेडियो शिवराजबाट प्रसारण हुदै आएको नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले बताए । रेडियो शिक्षा अहिले जिल्ला भरी नै प्रभावकारी बनेको भुसालले बताए । अहिलेको अवस्थामा विद्यालय संचालन तथा अन्य सिकाई गर्न जोखिम रहेकोले शिक्षकहरुले सुरक्षित बनेर रेडियो मार्फत शिक्षा प्रदान गरिरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma