Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

कोरोना कहर: बन्दाबन्दीले नागरिकता लिनेको सख्या घट्यो

मोफसल खबर
सावन २७
बन्दाबन्दीको कारणले नागरिकता लिनेको संख्यामा पनि कमि आएको छ । कोरोना भाइरसका कारण जोखिम बढेपछि सेवाप्रदायक निकायमा सेवा लिन आउने नागरिकहरुको संख्या कम रहेको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुबाट आर्थिक वर्ष २०७६।७७ मा ६ हजार २९१ जनाले नागरिकता लिएका छन् । जसमा पुरुष २ हजार ९६६ र महिला ३ हजार ३२५ जना रहेका छन् । जिल्ला प्रशासन कपिलवस्तुले आव २०७५।७६ मा ९ हजार ९४० नागरिकता बितरण गरेको थियो । अघिल्लो वर्षको तुलनामा ३ हजार ६४९ जना नागरिकता लिनेको सख्या कमि रहेको छ ।
लकडाउनका कारण २०७७ बैशाख र जेठ महिनामा पुर्ण रुपमा सेवा प्रवाह गर्न नसकिएको र चैत्र र असार महिनामा आंशिक रुपमा मात्र सेवा प्रवाह गरेकोले नागरिकताका पाउनेको सख्यामा कमि आएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रशासकिय अधिकृत सुशिल कुमार आर्यालले बताउनुभयो । लकडाउन खुकुलो हुदाँ चैतमा ३२९ जनालाई र असारमा ३२० जनालाई नागरिकता बितरण गरिएको अर्यालले बताउनुभयो । त्यस्तै एक वर्षमा जिल्ला वाट राहदानी पाउनेको सख्या ४ हजार १६५ रहेको छ ।
यता ईलाका प्रशासन कार्यालय चन्द्रौटाले गत आर्थिक वर्ष २०७६।७७ मा जम्मा ३ हजार ४३ जनालाई नागरिकता प्रदान गरको छ । जसमा १ हजार ४३१ महिला र १ हजार ६१२ पुरुष रहेका छन् । आर्थिक वर्ष २०७५।७६ मा ४ हजार ९५४ जनाले नागरिकता पाएका थिए । प्रशासनले बैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैवाहिक अगिंकृत नागरिकता ३८९ जनालाई प्रदान गरेको छ भने अंगीकृत नागरिकता १ जनाले मात्र पाएका छन् । शिवराज नगरपालिका,बिजयनगर गाउँपालिका र कृष्णनगर नगरपालिका कार्यक्षेत्र रहेको प्रशासन कार्यालले एक वर्षको अवधिमा १ हजार ७६ नागरिकताको प्रतिलिपि वितरण गरेको छ ।
ईलाका प्रशासन कार्यालय वाणगंगा वाट एक वर्षमा १ हजा ४०० जनाले नागरिकता पाएका छन् । १ हजार ३९४ वंशज र ६ वटा वैवाहिक अंगिकृत नागरिकता बितरण गरेको प्रमुख विष्ण ज्ञावालीले बताउनुभयो । अन्य वर्षको तुलनामा यस वर्ष नागरिकता पाउनुको सख्या कमि रहेको उहाँले बताउनुभयो । कोरोना भाइरसको कारण लकडाउन हुदाँँ वैशाख र जेठमा नागरिकता वितरण हुन नसकेको बताउनुभयो । जिल्लाका दुई वटा ईलाका र जिल्ला प्रशासन वाट नागरिकता बितरण गरिदै आएको साहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताउनुभयो । नागरिकको सहजको प्रत्येक वर्ष घुम्ती अभियान सहित प्रभावकारी र विश्वासिलो बनाउन प्रशासन लागि परेको बताउनुभयो ।बन्दाबन्दी कारण सेवा प्रवाहमा समस्या रहेको अवस्था सामान्य नहुन्जेल सम्म नागरिकहरु सचेत भएको प्रशासनको सुचनालाई पालना गर्न आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma