Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

कृष्णनगरवाट साढे २४ लाख भारतीय रकम बरामद


चन्द्रौटा,२८ साउन
कपिलवस्तुको सीमा क्षेत्र कृष्णनगरवाट २४ लाख ५० हजार भारतीय रकम प्रहरीले बरामद गरेको छ । कृष्णनगर नगरपालिका वडा न १ लिंकगेट नजिकै वाट नेपाल भित्राउन लागिएको उक्त रकम प्रहरीले फेला पारेको हो । शसस्त्र प्रहरीले चेकजाँच गर्ने क्रममा एक व्यक्तिले सेनेटाइजर र औषधी भनेको र चेकजाँच गर्न थालेपछि झोला फालेर भागेको शसस्त्र प्रहरी कृष्णनगरका नायव उपरिक्षक शुशिल कुमार शाहीले बताउनुभयो । स्थानिय जनप्रतिनिधिको रहोबरमा प्रहरीको टोलीले खोलेको झोलमा उक्त रकम फेला परेको उहाँले बताउनुभयो ।
बुधवार विहान दशगजा भन्दा ५० मिटर भित्र नेपाली भुभागमा जाँच गर्दा स्वास्थ्य सामाग्री भन्दै प्रहरी झुक्याउन खोजिएको शाहीले बताउनुभयो । बरामद भएको रकम ५ सयका ४९ गड्डी,नेपाली रु ३९ लाख २० हजार रहेको उहाँले बताउनुभयो । थप अनुसन्धान भइरहेको र बरामद रहेको उक्त रकम राजस्व अनुसन्धान कार्यालय पठाउने तयारी भएको शाहीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma