Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

पाल्पामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

 पाल्पाको निस्दी गाउँपालिकामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।मृत्यु हुनेहरुमा निस्दी–५ डब्बुडाँडाका ६३ वर्षीय ठाकुर प्रसाद थाल र निस्दी–४ काफलडाँडाकी बिष्णु माया सारूकी ३ महिनाको छोरी सिमोबन कालुङ रहेका छन् ।

निस्दी– ५ पटाकसरस्थित कच्ची सडक खण्डमा मोटेखर्कबाट पटाकसरतर्फ जाँदै गरेको लु १ ज २८८७ नम्बरको जिप सोमबार साँझ अनियन्त्रित भई बाटोबाट अन्दाजी ७०० मिटर तल खसेर भएको दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् ।घाइतेमध्ये निस्दी ५ पटाकसरकी ३७ वर्षीया सुमित्रा सारु र ३६ वर्षीया शेरमति सारूको अवस्था गम्भीर रहेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।दुर्घटनामा निस्दी ३ की विष्णुमाया सारू, निस्दी ५ की लक्ष्मी सारू, सोही ठाउँकी तिल कुमारी सारू र निस्दी ४ झ्यालटुङकी श्रृजना गैरे घाइते घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma