Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

बिजयनगरमा कोरोना नियन्त्रणको लागि रु १ करोड ८८ लाख खर्च


कपिलवस्तुको बिजयनगर गाउँपालिकाले कोरोना नियन्त्रणको लागि १ करोड ८८ लाख ७० हजार ५ सय ६२ खर्च गरेको छ । बुधवार गाउँपालिकाले एक सुचना जारी गर्दै खर्च विवरण सार्वजनिक गरेको हो । २०७६ चैत्र देखि २०७७ असार मसान्त सम्म उक्त रकम कोरोना नियन्त्रण तथा रोकथामको लागि खर्च भएको गाउँपालिकाका अध्यक्ष गोपाल थापाले बताउनुभयो । गाउँपालिकाले नगरप्रहरी स्वंयसेवक तथा अन्यलाई सुविधा शिर्षकमा रु १३ लाख २३ हजार ७० रुपैँया खर्च गरेको छ । त्यस्तै क्वारेन्टाइन तयारी तथा संचालनमा रु ५८ लाख ६२ हजार १ सय ३७रुपैँया,राहतजन्य सामाग्री ५१ लाख ४० हजार ३ सय ८७,स्वास्थ्य सामाग्री ६१ लाख ५९ हजार९ सय ६६ र अन्य व्यावस्थापन सम्बन्धि रु ३ लाख ८५ हजार खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गोबिन्द भट्टराईले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma