Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ११९ जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्ला केहीदिनदेखि संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ सय १९ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले काठमाडौंमा ८३ जना, भक्तपुरमा ६ जना र ललितपुरमा ३० जनामा कोरोना संक्रमण भएको जानकारी दिए ।

प्रवक्त गौतमले विभिन्न जिल्लामा थपिएका ५ सय ९४ जनासहित देशभर संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको बताए ।

संक्रमितमध्ये १७ हजार ७७ जना उपचारपछि घर फर्किएका छन् भने ९९ जनाको ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma