कपिलवस्तु जिल्लामा ७ जना प्रहरीसहित २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तौलिहवास्थित बुद्ध पद्म माविमा संकलन गरिएको २ सय २६ नमूना स्वाबमध्ये २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी कपिलवस्तु अस्पतालका १ जना र शुद्धोधन गाउँपालिकाका १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए ।

बुद्ध पद्म माविमा संकलन गरिएका ५० जनाको स्वाब परीक्षणको नतिजा भने आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । यसरी संक्रमित हुनेमा ७ जना नेपाल प्रहरी, बैंक तथा वित्तिय संस्था, स्वास्थ्यकर्मी, गृहणी, विद्यार्थी, गैससकर्मी, यातायात व्यवसायीलगायत रहेका छन् ।

जिल्लामा हालसम्म ९ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएसकेको छ । कोरोना संक्रमणकै कारण ४२ वर्षीय व्यवसायीको मृत्यु भएको छ ।

0Shares