Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

कोरोनाको कारण घट्यो टेलिकमको आम्दानी

काठमाडौं । कोभिड–१९ सङ्क्रमणले देशभरि सञ्जाल बिस्तार भएको नेपाल टेलिकमको आम्दानी पनि प्रभावित भएको छ ।

टेलिकमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६÷७७ को चौथो त्रैमासिकको अपरिष्कृत वित्तीय प्रतिवेदन अनुसार उक्त अवधिमा कम्पनीको आम्दानी करिब दुई अर्ब रुपियाँले घटेको छ । प्रतिवेदन अनुसार गत आवको वैशाखदेखि असार मसान्तसम्म टेलिकमले ९ अर्ब २२ करोड २४ लाख रुपियाँ आम्दानी गरेको छ । यसमध्ये सेवा बिक्रीबापत ७ अर्ब ७३ करोड ८० लाख र अन्य तर्फ एक अर्ब ४८ करोड ४३ लाख रुपियाँ आम्दानी भएको छ ।

त्यसको अघिल्लो आव २०७५÷७६ को सोही अवधिमा टेलिकमले ११ अर्ब ३६ करोड ३२ लाख रुपियाँ आम्दानी गरेको थियो । त्यसमध्ये सेवा बिक्रीबापत ९ अर्ब २६ करोड र अन्यतर्फ दुई अर्ब रुपियाँ आम्दानी कम्पनीले गरेको थियो ।

कोभिड–१९ सङ्क्रमण रोकथामका लागि मुलुुकमा भएको लकडाउनको उक्त अवधिमा कम्पनीले दुई अर्ब १४ करोड रुपियाँ गुमाएको छ । त्यति मात्र होइन, लकडाउनको अवधिमा टेलिकमको खुद नाफा घटेर ९९ करोड ४० लाख रुपियाँ मात्र पुगेको छ । जबकी आव २०७५र७६ को चौथो त्रैमासिकमा टेलिकमको खुद नाफा दुई अर्ब ५५ करोड ८७ लाख रुपियाँ थियो ।

कोभिडका कारण टेलिकमले गुमाएको आम्दानीले गत आवको समग्र आम्दानी र नाफा नै प्रभावित भएको छ । गत आवमा टेलिकमले कुल ४१ अर्ब ४९ करोड ४७ लाख रुपियाँ आम्दानी गरेको प्रतिवेदनमा उल्लेख छ । यसमध्ये सेवा बिक्रीबापत कम्पनीले ३४ अर्ब ५७ करोड ४७ लाख र अन्यतर्फ ६ अर्ब ९२ करोड रुपियाँ आम्दानी गरेको छ ।

आव २०७५÷७६ को कुल आम्दानी भने ४३ अर्ब ८३ करोड रुपियाँ थियो । लकडाउनमा दूरसञ्चारको उपयोग झन् धेरै भएको अवस्थामा टेलिकमको आम्दानी घट्ने विभिन्न कारण औँल्याएका छन् ।

अन्तर्राष्ट्रिय आगमन कलसहित समग्रमा भोइस कल घट्नु, रिचार्ज कार्ड बिक्री बापतको छुट र लकडाउनको समयमा दिएको छुट लगायतका कारणले आम्दानी घटेको बताइएको छ । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma