Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

कोरोना संक्रमितको संख्या २६ हजार नाघ्यो : पछिल्लो २४ घन्टामा ४६८ जनामा संक्रमण

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या २६ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा देशभर ४ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले विभिन्न जिल्लामा थपिएका ४ सय ६८ सहित देशभर संक्रमितको संख्या २६ हजार १९ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये १७ हजार २ सय १ जना उपचारपछि घर फर्किएका छन् भने १ सय २ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma