Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

चिराई खोलामा झोलुङ्गे पुल निर्माण

कपिलवस्तुको चिराई खोलामा झोलुङ्गे पुल निर्माण भएको छ । बिजयनगर गाउँपालिका वडा न १ र ५ को सीमामा रहेको उक्त खोलामा रु ८४ लाख १० हजार ३ सयको लागतमा पुल निर्माण भएको हो । लिडो नेपाल संस्थाको सहयोगमा निर्माण भएको झोलुङ्गे पुल गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले उद्धघाटन गर्नुभएको छ । वर्षातको समयमा पालिका वासिलाई आवतजावत गर्न नसक्ने अवस्था अव हटेको अध्यक्ष थापाले बताउनुभयो ।
खोलापारीवासीलाई औषधि उपचार तथा विद्यार्थीहरुलाई विद्यालय पुग्न नसक्ने अवस्था रहेकोले अब झोलुङ्गे पुल निर्माण पछि सहज हुने विश्वास व्यक्त गर्नुभयो । जिल्लाको बिकट क्षेत्रको रुपमा चिनिने भगिरामपुर,बिरनगर लगाएतका गाउँमा बस्ने बासिन्दाहरु धेरै प्रकारका समस्या रहेकोले ति समस्यालाई गाउँपालिका तथा केन्द्र सरकार सँग पुगेर भएपनि समाधान गर्ने अध्यक्ष थापाले प्रतिबद्धता जनाउनुभयो । “यहाँका नागरिकहरु वर्षाको समयमा बजार तथा गाउँपालिका जाने अवस्था थिएन,सबै समस्या एकै पटक समाधान हुदैन,थापाले भन्नुभयो “झोलुङ्गे पुल निर्माणमा स्थानियहरुको ठुलो साथ छ, ।”
मुख्य गरी वडा न १ का बासिन्दालाई पुल बनेपछि सहज भएको गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत गोबिन्द भट्टराईले बताउनुभयो । पानी परेको बेला बाढीले यहाँका सुत्केरी महिलाहरु स्वास्थ्य संस्थामा आउन सक्ने अवस्था नरहेकोले अब समाधान भएको उहाँले बताउनुभयो ।
वर्षैदेखि यहाँका बालवालिकाहरु वर्षातको समयमा विद्यालय जान नसक्ने अवस्थामा रहेको अर्रा प्राविका प्रध्यानाध्यापक सुदिप सारुले बताउनुभयो । प्राथमिक तह सम्म गाउँमै रहेपनि माध्यमिक तहको कक्षा पढ्न खोला तरेर जानुपर्ने भएकोले असार साउँन महिनामा आवतजावतमा समस्या रहेको उहाँले बताउनुभयो । झोलुङ्गे पुल निर्माण भएपछि गाउवासी खुसि भएका छन् । बजार गएको बेला पानी परेमा उतै रोकिनुपर्ने बाध्यता अब हटेको स्थानिय शिवनाथ यादवले बताउनुभयो । गाउँवासिको समस्यालाई बुझेर पुल निर्माणको पहल गरेकोमा यादवले गाउँपालिका अध्यक्षलाई धन्यवाद दिनुभयो । झोलुङ्गे पुल निर्माण भएपछि बिजयनगर गाउँपालिकाका भगरापुर,नयाँबस्ती,बिरनगर,अस्नारा,मन्नगरा,थरौली लगाएत गाउँका झण्डै ८ सय घरपरिवारलाई आवातजावतमा सहज भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma