Developed By Kuldeep Sharma

कर्मचारीको ३ दिनभित्र कोरोना बीमा गराउन धितोपत्र बोर्डको निर्देशन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले शेयर बजारसँग सम्बन्धित निकायका आफ्ना संचालक तथा कर्मचारीको ३ दिनभित्र कोरोना बीमा गराउन निर्देशन दिएको छ । बोर्डले अनुमति प्राप्त धितोपत्र बजार, मर्चेन्ट बैंक, क्रेडिट रेटिङ तथा सबै धितोपत्र व्यवसायीहरुलाई परिपत्र गरी यस्तो निर्देशन दिएको बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले बताए ।

‘धितोपत्र बोर्ड र नेप्सेले यस अघिनै कोरोना बीमा गरिसकेपनि अन्यको भने कोरोना बीमा भएको रहेनछ,’ सोही कारण हामीले कर्मचारी सहित सञ्चालकको समेत कोरोना बीमा गराउन निर्देशन दिएका हौं ।’

बोर्डले संस्थाकै खर्चमा कार्यरत सम्पूर्ण कर्मचारीको कारोना बीमा गराइ सो को जानकारी बोर्डमा पेश गराउन भनेको छ । त्यस्तै, नेपाल सरकारको मापदण्ड बमोजिम कुनै कर्मचारी क्वारेन्टिन वा आइसोलेशनमा बस्नु परेमा संस्थालाई जानकारी गराई बिदामा बस्न सक्ने र निजलाई सो अवधिको तलब नकाट्ने गरी बिदा दिने व्यवस्था मिलाउन निर्देशन दिएको अध्यक्ष ढुंगानाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma