एजेन्सी । कोरोना भाइरसविरुद्धको भ्याक्सिन सफल भएको घोषणा गरेको रुसले चिनियाँ भ्याक्सिनको तेस्रो चरणको परीक्षण सुरु गरेको छ । रोयटर्सले आफ्नो भ्याक्सिन बजारमा लैजान थालेसँगै रुसले चिनियाँ कम्पनी क्यानसिनोले उत्पादन गरेको कोरोनाविरुद्धको भ्याक्सिनको तेस्रो चरणको परीक्षण सुरु गरेको जनाएको छ ।

रुसी सरकारले चिनियाँ भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल परीक्षणका लागि ६ सय २५ जना स्वयंमसेवक सामेल गरेको छ । रुसमा चिनियाँ भ्याक्सिनको तेस्रो चरणको परीक्षण शुक्रबार नै सुरु भएको छ । क्यानसिनोले भने रुसी परीक्षणका विषयमा जानकारी दिएको छैन ।

चीनले यो भ्याक्सिनलाई पहिले नै सैन्य क्षेत्रमा काम गर्नेहरुलाई प्रयोग गर्न अनुमति दिएको थियो । यो भ्याक्सिनको अन्तिम चरणको परीक्षण रुससँगै मेक्सिको, साउदी अरब, ब्राजिल र चिलीमा पनि भइरहेको छ । यो तेस्रो चरणमा पुगेका चीनका तीनवटा भ्याक्सिनमा सबैभन्दा सफल भ्याक्सिन हो । चीनमा कोरोना संक्रमित कम भएकाले अन्य देशको सहयोग लिन परिरहेको छ ।

संसारका ५ वटा तेस्रो चरणमा प्रवेश गरेका कोरोनाविरुद्धका भ्याक्सिनमध्ये चीनका तीनवटा, बेलायत र अमेरिकाका एक एक वटा रहेका छन् । रुसले भने तेस्रो चरणको परीक्षण नगरिकनै भ्याक्सिन बजारमा ल्याएको थियो ।

0Shares