Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

माछा मार्ने विषयमा विवाद , १३ राउण्ड हवाई फायर, चार प्रहरीसहित १५ जना घाइते

बारा – बारामा सोमबार कुलोमा माछा मार्ने विषयमा दुई गाउँलेबीच झडप हुँदा चार जना प्रहरीसहित १५ जना घाइते भएका छन् ।

झडपको स्थिति नियन्त्रणमा लिन प्रहरीले १३ राउण्ड हवाई फायर र ६ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । बाराको सिम्रौनगढ नगरपालिका ११ को भगवानपुर र आदर्शकोतवाल गाउँपालिका ६ पटेर्वाका बीच कुलोमा कुन समूहले माछा मार्ने विषयमा झडप भएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

माछा कसले मार्ने विषयमा विवाद उत्पन्न भइ झडप हुन थालेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको प्रहरी नायब उपरीक्षक मिश्रले बताउनुभयो ।

घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma