बैतडी – बैतडीको दशरथचन्द नगरपालिका २ को सुन्दरखालीमा खाल्डोमा डुबेर दुई बालकको ज्यान गएको छ ।

देहिमाडौ नागार्जुन सडक खण्डमा पाइप राख्न बनाइएको खाल्डोमा डुबेर ११ वर्षीय सन्दीप लावड र १४ वर्षीय अङ्कित लावडको ज्यान गएको हो ।

होमपाइप राख्न बनाइएको खाल्डो वर्षाको पानी भरिँदा डुबेर उनीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

0Shares