Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

मास्क लगाउन आग्रह गर्दा प्रहरी कुटिए

कपिलवस्तुमा मास्क लगाउन आग्रह गर्ने प्रहरीमाथि कुटपिट भएको छ । जिल्लाको शुद्धोधन गाउँपालिकाको लवनी मास्क लगाउन आग्रह गरीरहेको बेला स्थानिय युवाहरुले प्रहरीमाथि हातपात गरेको जनाइएको छ । मास्क नलगाएर हिडने युवाहरुलाई कारबाही गर्न खोज्दा तीन प्रहरीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको हो ।

लवनी प्रहरी चौकीमा कार्यरत हवल्दारसहित ३ जनाको टाउकोमा गम्भीर चोट लागेको छ । घटनामा घाईते भएका प्रहरी हवल्दार बिनोद कुमार बरुण, प्रहरी जवानहरु जियावन कोहार र महेन्द्र यादवको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । ओरापीको पहिचान भएको भएपनि उनीहरु फरार रहेको प्रहरी उपरिक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । नागरिकहरुको सुरक्षाको लागि घटिएका प्रहरी माथि आक्रमण गरिनु दूखद भएको अधिकारीले बताउनुभयो । आरोपीहरुको खोजी भईरहेको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma