Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

५ सय ८१ जनामा कोरोनासङ्क्रमण, ६ जना भेल्टिलेटर र ११३ जना आईसीयूमा


पछिल्लो २४ घण्टामा देशमा ५ सय ८१ जनामा कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ५ सय २० नमुना परीक्षण गर्दा काठमाडौं उपत्यकामा १ सय ६८ सहित ५८१ जनामा सङ्क्रमण पुष्टि भएको हो । यससँगै कुल सङ्क्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ । उनीहरुमध्ये १ सय७ जनाको मृत्यु भएको छ भने १७ हजार ४ सय ९५ जना निको भएका छन् ।आज थपिएका मध्ये काठमाडौंका १ सय ३९ जना छन् भने ललितपुरका १५ र भक्तपुरका १४ जना छन् । यस्तै पर्साका ७७ जना, बाराका ५९, मोरङका ४०, रुपन्देहीका ३२, सुनसरीका ३१, प्युठानका २८, बाँकेका २४ जना सङ्क्रमित थपिएका छन् । सर्लाहीका १७, कैलालीका १६, कास्कीका १५, कञ्चनपुरका १२ र रौतहटका ११ जनामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसैगरी झापाका ८ जना, सिन्धुपाल्चोकका ५, काभ्रे, स्याङ्जा, मकवानपुर र धादिङका ४ ÷ ४ जना, धनुषा र जुम्लाका ३ ÷ ३ जना, महोत्तरी, नवलपुर, कपिलवस्तु, तनहुँ र दाङका २ ÷ २ तथा सल्यान, सप्तरी, डडेलधुरा, दैलेख, सुर्खेत, अर्घाखाँची, चितवन र नुवाकोटका १÷१ जनामा पनि सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार ६३९ जना संक्रमित आइसोलेसनमा छन् । उनीहरुमध्ये ६ जना भेल्टिलेटर र ११३ जना आईसीयूमा रहेको प्रवक्ता जागेश्वर गौतमले जानकारी दिनुभयो । सबैभन्दा धेरै बाग्मती प्रदेशमा ५९ र प्रदेश २ मा ४१ जना सङ्क्रमित आईसीयूमा छन् । प्रदेश १ र गण्डकीमा एकएक जना र प्रदेश ५ मा ११ जना संक्रमित आईसीयूमा रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma