Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

लकडाउनको योजना बनाउन सिसिएमसीको बैठक बस्ने तयारी

काठमाडौं । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि कोभिड १९ संकट व्यस्थापन केन्द्र९सिसिएमसी०निर्देशक समितिको बैठक आज बस्दैछ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको समितिको बैठक बेलुकी ५ बजे सिंहदरबारमा बस्नेछ । बैठकले कोरोना भाइरसको बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि रणनीति बनाउने समितिका सदस्य रहेका एक मन्त्रीले जानकारी दिए ।

संक्रमण बढेका निश्चित ठाउँमा पूर्ण लकडाउन गर्ने, सिल गर्ने तथा निषेधित क्षेत्र घोषणा गर्ने विषयमा समितिको आजको बैठकले ठोस निर्णय लिनेछ । काठमाडौं उपत्यकामा बढ्दो संक्रमण नियन्त्रणका लागि विशेष योजना तयार गरिएको समितिका सदस्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma