Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

राष्ट्रकवि माधवप्रसाद घिमिरे रहनुभएन


काठमाण्डौ – राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । घिमिरेको मङ्गलबार साँझ घरमै निधन भएको बुहारी विजेता घिमिरेले उज्यालोलाई जानकारी दिनुभयो ।

घिमिरे १९७६ साल असोज ७ गते लमजुङ ९पहिलेको बाहुनडाँडा गाविस० को भीरपुस्तुन भन्ने ठाउँमा जन्मनुभएको हो । उहाँले कवितासँगै साहित्यका अन्य विधामा पनि कलम चलाउनुभएको छ ।

घिमिरेले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद, लेख, प्रबन्धलगायतका क्षेत्रमा कलम चलाउनुभएको छ । तीमध्ये राष्ट्रकवि घिमिरेका गौरी शोक काव्य सबैभन्दा चर्चित छ ।

उहाँका ‘नवमञ्जरी’, ‘घामपानी’, ‘नयाँ नेपाल’ र ‘किन्नरकिन्नरी’ आदि कविता सङ्ग्रह प्रकाशित छन् । स्वच्छन्दतावादी भावधाराका कवि घिमिरेका ‘गाउँछ गीत नेपाली’ जस्ता कैयौँ राष्ट्रिय भावका गीत तथा कविताहरू लोकप्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma