Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

बिषालु च्याउ खादा एकै परिवाका दुई जनाको मृत्यु


प्यूठानमा बिषालु च्याउ खादा एकै परिवाका दुई दाजुभाईको मृत्यु भएको छ भने ३ जना बिरामी भएका छन् । जङ्गलबाट ल्याएको च्याउ खाँदा नौ बहिनी गाउँपालिका ६ ढाडखोलाका १५ बर्षिय सुरेश घर्ति र १३ बर्षिय सुगम घर्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । यस्तै च्याउ खाएपछि मृतकका ३३ बर्षिय बुवा बिष्णु घर्ति सहित उहाँको ३० बर्षिया श्रीमती लिला घर्ति र १७ कर्षका छोरा शसी घर्ति बिरामी भएका छन् । उनीहरुको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको छ । अहिले बिरामिको अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma