मोफसल खबर
कपिलवस्तुको शिवराज नगरपालिका उप प्रमुख शिवकुमारी चौधरीले नेपाली हिन्दु महिलाहरुको महान पर्व हरीतालिका तिजको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । दिदी बहिनी भेटघाट हुने सुखदुख साटा साट गर्ने तिज गित मार्फत आफ्ना भावना व्यक्त गरिने यस पर्व यो बर्ष भने कोरोना जोखिम रहकोले सबै आमा दिदी बहिनीहरुले घरमा नै बसेर पर्व मनाउन उप प्रमुख चौधरीले अनुरोध पनि गर्न भएको छ ।
विगतका बर्षमा जस्तो यस बर्ष मन्दिरहरुमा भिडभाड नगर्न , समूहमा जम्मा भइ तिज गित नगाउन उप प्रमुख चौधरीले नगरवासी सम्पूर्णमा आग्रह गर्नुभएको हो । अहिले विश्व नै कोरोना भाइरस कोभिड १९ को महामारीमा परेको र नेपालमा पनि समुदाय स्तरमा नै कोरोना फैलिसकेकोले घरमा नै बसेर परिवारमा नै रमाइलो गरी तिज पर्व मनाउनु पर्ने बताउनु भयो । “कोरोना जोखिम बढेकोले घरमा सुरक्षित रहेर तिज मनाउनु पर्छ, कोरोना बाट आफु पनि बचौ अरुलाई पनि बचाऔं” उप प्रमुख चौधरीले भन्नु भयो ।

घरमै सुरक्षित रुपमा तिज मनाउन उप प्रमुख चौधरीको आग्रह
Facebook Comments Box