कृष्ण गैरे , मोफसल खवर कपिलवस्तु


गएको वर्ष चिनको वुहानवाट फैलिएको कोरोना भाईरस अहिले विश्वभरी महामारीको रुपमा फैलिएको छ । कोरोनाका कारण विश्वका मानिसहरुको जिवनशैली तहसनहस भएको सर्वविदैत नै छ । मानिसहरु घरभित्रै थुनिएका छन । स्वतन्त्रताको लागी युद्ध गर्ने विश्वका कयौं मानिसहरु अहिले स्वतन्त्रतावाट आफु वन्दी हुँदा समेत न कुनै विद्रोह नै गर्न सकेका छन , न कुनै युद्ध नै , विश्वका मानिसलाई स्वतन्त्र रुपमा हिडडुल गर्न पाउने अवस्थाको सिर्जना गर्न पुरानै जिवनशैलीमा फर्काउनको लागि अनवरतरुपमा सेना सरह युद्धको समाना स्वास्थ्यकर्मीहरुले गरिरहेका छन ।
विश्वका धेरै देशका नागरिकहरुले त्यी नै कोरोना युद्धका सेना स्वाथ्यकर्मीको हौसला वढाउनको लागि कँहि ताली वजाउने काम गर्छन त कँहि मैन वती वाल्ने काम तर नेपालका केहि ठांउमा त्यसको विपरीत उनीहरुलाई अपमान हुने खालका गतिविधि देखिएका छन । देशको राजधानी जस्तो ठांउमा एक दिन अघि स्वाथ्यकर्मी वसेको होस्टलमा गएर स्वास्थ्यकर्मीको अपमान गर्नुका साथै त्यहाँ वस्न नहुने भन्दै विरोध जनाएछन । कोरोना महामारी सुरु भए देखि नै नेपालमा कँहि नर्सलाई कोठावाट निकालेको त, कँहि चिकित्सकलाई घर प्रवेशमा निषेध गरेको समाचारहरु सार्वजनीक भएका छन । यस्तो अवस्था अन्त्यको लागि सरकारले कारवार्ही गर्ने चेतावनी समेत दिनुपरेयो ।
कोरोना भाईरस के हो , यो कसरी सर्छ र सावधानी कसरी अपनाउन सकिन्छ भनेर जनचेतना फैलाउने देखि संक्रमित भएका विरामीलाई उपचार गर्ने स्वास्थ्यकर्मी नै हुन । युद्ध लडने सेनालाई हौसला , प्रेरणा साथ र सहयोगको आवश्यकता महसुस हुने गर्दछ । तर कोरोना युद्धको समाना गरिरहेका स्वास्थ्यकर्मीलाई हामीले किन हौसला नदिने , यो रोग विल्कुलै नंयाँ भएकाले यसवाट स्वास्थ्यकर्मी स्वँयमले पनि सावधानी अपनाईरहेका हुन्छन । उनीहरुलाई पनि आफु संक्रमित भईरहन पटकै मन छैन होला । यो रोगवाट वँच्नको लागिी कम्तीमा दुई मिटरको दुरी कायम गर्नुपर्ने भनिएको छ । मास्कको प्रयोग गर्ने र पटक पटक सावुन पानीले हात धुनुपर्ने कुराहरु हाम्रो लागी नंया होईनन , आफु पुर्ण रुपमा सावधान भए एउटै घरमा भएपनि संक्रमणवाट वच्न सकिन्छ ।
कोरोना युद्ध जित्ने नै हो भने स्वास्थ्यकर्मीको उत्साहले नै जित्ने हो । यसले गर्दा आफु सावधान हुने की कोरोना महामारी नियन्त्रणको लागी अनवरत रुपमा खटिएका स्वास्थ्यकर्मी , सुरक्षाकर्मी संचारकर्मी जनप्रतिनिधिलाई अपमानित गर्ने ?, देशमा भएका दुरव्यहावरका घटनाले हाम्रो समाजमा यो प्रश्न उव्जाएको छ । अहिले कोरोना भाईरस संग जुध्नको लागी एकताको चाहिएको छ । भाईरसलाई परास्त गर्न समाज र परिवारवाट अलग्गिएर काम गर्ने स्वास्थ्यकमीलाई हौसला र सम्मान चाहिएको छ । समाजमा हुने यस्ता घटनाले चिकित्सकको मनोवल कम्जोर हुने गर्दछ । तसर्थ सवै संयमित भएर यो महामारीको रुपमा देखिएको कोरोना भाईरसलाई हराउनु नै आजको उतम उपाय र समय हो ।

0Shares