Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

पौडि खेल्न जाउँ न सुरइ नदिमा (फोटो फिचर)

मोफसल खबर

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १ बनकसबासा बाट तल नदि तिर जाने बाटो छ । साघुँरो बाटो नै भए पनि दुई पाँग्रे सवारी साधन भने जान सक्छन ।

नदिको बगरमा बनेको बाटो पैदल १० मिनेट जति हिडेपछि भेटिन्छ सुरइ नदिको रमणिय प्राकृतिक रुपमा बनेका स्वीमिङ्ग पुल ।

बढ्दो गर्मि कोरोनाका काराण भएको बन्दा बन्दी संगैको फुर्सदिलो समयको राम्रो गन्तव्य बनेको छ अहिले सुरइ नदि । हरेक दिन जसो ५÷७ ग्रुपमा युवाहरु पैडिन जाने गरेको बनकसबासाका स्थानियहरु बताउछन । खासै प्रचारमा नआएको र कोरोना कहर भएका कारण पनि पौडिने आउने संख्या कम भएको स्थानिय सुनिल घिमिरेले बताउनु भयो ।


प्राकृतिक छटाले मनमोहक अग्ला पहाडको सिना चिरेर बगेको सुरइ नदि पौडि खेल्नेहरु संगै प्राकृतिक विचरण गर्नेहरुका लागी पनि उपयुक्त स्थान हो । पूर्व पश्चिम राजमार्ग देखि नजिकै रहेको हुदाँ पनि पिकनिक गर्ने, घुम्नको लागी सुरइ नदि उचित गन्तव्य स्थल हो । नदिको काखमा रहेका ठूला ठूला ढुंगा उभिएर तस्बिर लिन युवाहरुलाई हुटहुटी लाग्छ । खासै गहिरो नभएको हुदाँ सुरक्षित रुपमा पौडिन सकिने ,नदिको बहाव र छालमा रमाउन पाइने भएकोले जो कोहिलाई सजिलै सुरइले आर्कषित गर्न सक्छ ।


पछिल्लो समय युवाहरुको गन्तव्य स्थल बनेको सुरइ नदि सम्म पुग्ने बाटो मर्मत गर्ने हो भने नदि सम्म पुग्न सहज हुने चन्द्रौटाका सुरज क्षेत्रीले बताउनु भयो । वडा नं. १ शिवपुरले पर्यटकीय रुपमा विकास गर्न सक्ने सम्भावना बोकेको स्थान हो बनकसबासाको सुरइ नदि , वडाका जनप्रतिनिधीले पनि यस तर्फ ध्यान दिनु पर्ने स्थानियहरुले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma