Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

देशभर सामान्यतया बदली, केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं -हाल मनसुनी न्युन चापीय रेखा नेपाल भन्दा दक्षिणतर्फ तर्फ रहेको छ ।

यसकासाथै भारतको मध्य प्रदेश तथा आसपासका क्षेत्रमा न्युन चापीय प्रणाली कायमै रहेको छ ।

उक्त प्रणाली विस्तारै पश्चिम हुँदै उत्तरपश्चिम दिशा तर्फ सर्दै जाने देखिन्छ ।

हाल प्रदेश न १, प्रदेश न २ र गण्डकी प्रदेशमा सामान्य बदली रही प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का बर्षा भएको छ।

अन्य भु–भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १ र प्रदेश २ का एक, दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राती देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश न।१, प्रदेश न। २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक, दुर्इ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma