Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

छाडा चौपायाका कारण स्थानिय तनाबमा,स्थानीय तह बेखबर

प्रीन्स मिश्रा , कपिलवस्तु असोज १
कपिलवस्तुको कृष्णनगर नगरपालिकाका बिभिन्न स्थानमा छाडा गाई गोरुले सताउन थालेका छन l कृष्णनगर , बहादुरगंज , डबरा ,गुरचीहवा ,लछ्मिनगर ,सेमरा लगायतका स्थानमा लगाइएका बाली नाली गाई गुरुहरुले सखाप पार्दे छन l रात दिन छाडा गाई गोरुहरुले गर्दा स्थानीय हैरान परेसान भएका छन । कहिले बाली नाली सखाप पर्ने त कहिले दुर्घटना निम्त्याउने जस्ता समस्या भोग्न सर्बसाधारण बाध्य भएका छन l

ती सबै स्थानमा दिउसो र रातीमा २० /२५ वटा गाई गोरुहरु जम्मा भएर रातिको समयमा ठुलै संख्यामा बालीनालीमा पसेर बाली नाली सखाप पारिरहेको किसानहरुले बताउछन ।

रात र दिनको समयमा ती गाईगोरु सडकभरी घुमिरहदा यात्रा गर्न कठिनाइ हुन्छ र पशु चौपायका कारण सवारी दुर्घटना पनि निम्तिएको छ र दिनहुँ दुर्घटना हुने गरेको छ l

मुख्य गरी कृष्णनगरको सेमरा , बहादुरगंज , गुरचीयहवा लगायतमा छाडा गाई गुरुको कारण धेरै बालीनाली नोक्सान भएको बहादुरगंजका एक किसानले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma