Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

प्रदेश न ५ सरकारको निर्णय : अस्पताललाई स्तरोन्नति

प्रदेश ५ सरकारले ६ वटा जिल्ला स्तरीय अस्पताललाई ५० श्ययामा स्तरोन्नति गर्ने निर्णय गरेको छ।शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले रुकुमपूर्व, रोल्पा, कपिलवस्तु, अर्घाखाँची, पाल्पा जिल्ला अस्पताल तथा भैरहवाको भीम अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको हो।

त्यसका लागि भैरहवाको भीम अस्पताल र कपिलवस्तु जिल्ला अस्पताललाई ७१–७१ वटा र बाँकी ३ वटा जिल्ला अस्पतालको लागि ६०–६० जनाको दरबन्दी स्वीकृत गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए।यी अस्पतालको संरचनामा स्तरवृद्धि गर्नका लागि सरकारले वार्षिक बजेटमै व्यवस्था गरिसकेको छ। हरेक वर्ष बजेट थप गरेर यी अस्पतालहरुको स्तर वृद्धि गर्दै लैजाने योजना सरकारको रहेको छ।

त्यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि प्रदेश मन्त्रिपरिषदले गरेको छ।प्रदेश मामिला सूचना केन्द्रका र जिल्लास्थित कार्यालयका लागि १९ जनाको दरबन्दी स्वीकृत गरिएको हो।

बैठकले शववाहन खरिदका लागि ६ वटा पालिकालाई कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषबाट १५ लाख रुपैयाँका दरले ९० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।रकम पाउने पालिकाहरुमा प्यूठान नगरपालिका, गुलरिया नगरपालिका, सिस्ने गाउँपालिका, रोल्पा नगरपालिका, सन्धिखर्क नगरपालिका, रामग्राम नगरपालिका रहेका छन्।

यसैगरी गुल्मीको रेसुंगा नगरपालिका र बेलायतको हाकिञ्ज परिषदबीच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारमा सिफारिश पठाउने निर्णय पनि मन्त्रिपरिषदको बैठकले गरेको छ।

नवलपरासी पश्चिमको त्रिवेणी गाउँपालिकाको वडा संख्या र सीमाना हेरफेर गरी क्रम मिलान गर्ने सम्बन्धमा सम्बन्धित गाउँपालिकाबाट प्राप्त प्रस्ताव नेपाल सरकार समक्ष पठाउन स्वीकृति प्रदान गर्ने निर्णय पनि प्रदेश मन्त्रिपरिषदले गरेको मुख्यमन्त्रीका सल्लाहकार केसीले बताए।बैठकले असोज ३ गते संविधान दिवसका दिन घोषणा गरिने पदक सिफारिश स्वीकृत गरेको छ।पदक प्राप्त गर्नेहरुको नाम असोज ३ गते आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गर्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma