Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

सङ्क्रमित संख्या बढ्याे, थप दुई हजार २० सहित कुल ६१ हजार ५९३

नेपालमा कोरोना भाइरसका दुई हजार २० जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर आरटी पीसीआर परीक्षणबाट उक्त सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।देशका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा ११ हजार ४९८ वटा आरटी पीसीआर परीक्षण भएका छन् । योसँगै नेपालमा आठ लाख ९४ हजार ३७३ वटा आरटी पीसीआर परीक्षण भएका छन् ।मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै हालसम्मका कुल ६१ हजार ५९३ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार सक्रिय सङ्क्रमित १७ हजार ३४३ छन् । पछिल्लो २४ घण्टामा एक हजार ८७१ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । योसँगै कुल ४३ हजार ८२० पुगेको छ । कोरोना संक्रमणमुक्त हुने दर ७१।१४ प्रतिशत पुगेको छ ।

आइसोलेसनमा कुल १७ हजार ३८३ पुगेको छ । संस्थागत आइसोलेसनमा नौहजार २९५ र होम आइसोलेसनमा आठहजार ८८ रहेका छन् । क्वारेन्टिनमा सात हजार ७३६ जना छन् ।

सात जनाको मृत्यु

पछिल्लो २४ घण्टामा सात जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसका कारण मृत्यु भएका ३९० पुगेको छ । मृत्युदर शुन्य दशमलब ६३ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma