Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

अध्यक्ष थापाको पहलमा प्रहरी भवनका लागी २ करोड

असोज ३ , कपिलवस्तु
मोफसल खबर

कपिलवस्तुको विजयनगर गाउँपलिकामा रहेको इलाका प्रहरी कार्यालय गणेशपुरको भवन लामो समय पछि निर्माण हुने भएको छ । भवन निर्माणका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट रुं २ करोड रकम विनियोजन भएको छ ।
इलाका प्रहरी कार्यालय गणेशपुरको भवन निकै जिर्ण भएको र नयाँ भवन निर्माणका लागी ठूलो रकम आवश्यक रहेकोले गाउँपालिका अध्यक्ष थापाले प्रदेश ५ को आन्तरिक मामिला कानुन मन्त्रालयमा प्रहरी भवन निर्माणका लागी रकम माग गर्नु भएको थियो । सोहि अनुसार भवन निर्माणका लागी रकम विनियोजन भएको अध्यक्ष थापाले बताउनु भयो । जनताको सुरक्षार्थ खटिने प्रहरी बस्ने भवन नै चुहिने र भत्किने अवस्थामा रहेकोले गणेशपुरमा प्रहरीको लागी नयाँ भवन अत्यावश्यक रहेकोले भवन निर्माणका लागि प्रदेश संग रकम माग गरेको उहाँले बताउनु भयो ।
गाउँपालिकाको वडा नम्बर ७ मा रहेको इलाका प्रहरि कार्यालय गणेशपुरको भवन निर्माणका लागी बजेट विनियोजन भइसकेकोले यसै आर्थिक बर्षबाट भवन निर्माणको काम सुरु हुने अध्यक्ष थापाले बताउनु भयो । “ जति सक्दो छिटो प्रहरीका लागी भवन निर्माण गर्ने छौं” उहाँले भन्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma