Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

कोरोना नियन्त्रणमा शिवराज नगरपालिकाको अग्र भूमिका

कोरोना नियन्त्रणमा शिवराज नगरपालिकाको अग्र भूमिका
मोफसल खबर
असोज ४
कपिलवस्तुको शिवराज नगरपालिका कोभिड १९ कोरोना रोकथाम र नियन्त्रणमा जिल्लामा नै अग्र स्थानमा रहेको छ । कोरोना महामारीको ६ महिना सम्म नगरले विभिन्न मुलुक र संक्रमित ठाउँबाट आएका २ हजार ६ सय ५१ जना लाई क्वारेन्टाइमा राखि कोरोना परिक्षण समेत गरेको छ ।

कोरोना नियन्त्रण र रोकथाममा डेढ करोड बढि खर्च
नगरले कोरोना नियन्त्रण र रोकथाममा डेढ करोड बढि रकम खर्च गरेको छ । गत चैत्र ११ गते देखि भएको लकडाउन पछि बढेको कोरोना महामारी नियन्त्रण र रोकथामका लागी संचालित आइशोलेशन , क्वारेन्टाइन , औषधी र सुरक्षा समाग्रीमा रकम खर्च भएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको आइतबार बसेको विपत व्यवस्थापन समितिको बैठकमा कोरोना नियन्त्रण र रोकथामका लागी १ करोड ६७ लाख ७८ हजार २८ रुपैया असार मसान्त सम्म खर्च भएको नगर प्रमुख नेत्रराज अधिकारीले बताउनु भयो । सुरक्षा सामाग्री र औषधी खरिदमा २३ लाख ७८ हजार २ सय २५, क्वारेन्टाइन व्यवस्थापन,खाना,सयन कक्षमा ६८ लाख, ६२ हजार ९ सय ७०, राहत सामाग्री ६९ लाख ४० हजार ४ सय १३ र अन्यमा ५ लाख ९६ हजार ४ सय २० रुपैया खर्च भएको प्रमुख अधिकारीले बताउनु भयो ।
नगरपालिकाको विपत व्यवस्थापन कोषमा हाल सम्म रु. २ करोड १६ लाख ४ हजार ३ सय १७ रुपैया जम्मा भएको र सोही कोषबाट खर्च भइरहेको प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले बताउनु भयो । नगरपालिकाले संचालन गरेको क्वारेन्टाइनमा गत चैत्र १० गते देखि असोज ४ गते सम्म २ हजार ६ सय ५१ जनालाई राखिएको छ । जसमा पुरुष २ हजार १ सय ८८ जना महिला ४ सय ६३ जना रहेको पौडेलले बताउनु भयो । कोरोना संक्रमण भई नगरले संचालन गरेको आइशोलेश र जिल्ला बाहिर भर्ना भई उपचार भएका नगरका जम्मा संक्रमितको संख्या १ सय ३५ जना रहेको छ । संक्रमित हुनेमा महिला २० जना र पुरुष १ सय १५ जना रहेका छन । संक्रमित मध्ये १ जना पुरुषको मृत्यु भएको नगरपालिकाले जनाएको छ ।
कोरोना महामारी संगै सुरु भएको कोरोना परिक्षणमा नगरले हाल सम्म पिसिआर विधिबाट २ हजार ६ सय ६३ जना र आरटिडि विधि बाट ८ सय ५१ जनाको कोरोना परिक्षण गरिएको शिवराज स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराईले जानकारी दिनु भयो । १ सय २८ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन । हाल ६ जना संक्रमितको उपचार भइरहेको भट्टराईले बताउनु भयो ।
बैठकमा हाल लकडाउन खुलेको र शैक्षिक संस्थाहरु संचालनमा आएको अवस्था रहेकोले विद्यार्थीहरुलाई बैकल्पिक शिक्षा संचालन गर्ने हुदाँ हाल क्वारेन्टाइन संचालनमा रहेको राष्ट्रिय माविको क्वारेन्टाइन बन्द गर्ने निर्णय भएको छ । अब संक्रमित मुलक वा जिल्ला बाट आउने नगरका नागरिकहरुले आफ्नो वडाको वडा अध्यक्ष संग संमन्वय गरी होम क्वारेन्टाइन बस्नु पर्ने निर्णय गरेको छ । होम क्वारेन्टाइमा बस्दा कुनै लक्ष्यण देखिएमा स्वास्थ्य कर्मिलाई सम्पर्क गरी कोरोना परिक्षण गर्ने र पोजेटिभ देखिएमा नगरपालिकाले संचालन गरेको आइशोलेशनमा राख्ने निर्णय भएको नगर प्रमुख नेत्रराज अधिकारीले बताउनु भयो । बैठकमा हाल सम्म कोरोना नियन्त्रण तथा रोकथाममा स्वास्थ्य कर्मीले खेलेको भूमिकाको बारेमा समेत समिक्षा भएको थिया े। कोरोना महामारी नियन्त्रण अग्रपंक्तिमा रहेर उच्च भूमिका निभाउने स्वास्थ्य कर्मिको कार्यको विपत व्यवस्थापन समितिले प्रशंसा समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma