माधव बेल्बासे
चन्द्रौटा,५ असोज
कपिलवस्तुका पत्रकार सिताराम चौधरीलाई मातृशोक परेको छ । उहाँकी ७१ वर्षीय आमा रामजानकी चौधरीकोे सोमवार बिहान शिवराज नगरपालिका १ शिवपुर उमरी आफ्नै निवासमा निधन भएको थियो । उहाँ लामो समयदेखि दिर्घ रोग बाट पिडित हुनुहुन्थ्यो । नेपाल पत्रकार महासंघ कपिलवस्तुले चौधरीकी आमाको निधन भएको मा श्रदाञ्जली प्रकट गरेको छ । महासंघका अध्यक्ष डिलाराम भुसालले मृत आत्मको चिर शान्तिको कामना परिवारजनहरु प्रति समवेदना प्रकट गर्नुभएको छ । स्वर्गीय चौधरीको को आज नै सुरहि नदिमा अन्तेष्टि गरिएको छ । उहाँका दुई छोरा तीन छोरी हुनुहुन्छ ।

0Shares