Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

भ्रष्टचार बिरुद्ध स्वतन्त्र युवा संजाल गठन

कपिलवस्तुमा भ्रष्टचार,अनियमितता विरुद्ध युवाहरु एकजुट भएका छन् । लामो समयदेखि स्थानिय तह तथा अन्य सरोकारवाला संस्थाहरुले गरेको अनियमितता तथा ढिलासुस्तीको विषयमा आवाज उठाउँदै आएका युवाहरु संगठित भएका हुन ।
कपिलवस्तुको बिजयनगर गाउँपालिकाको प्रेमनगरमा सोमवार भएको भेलाले स्वतन्त्र युवा संजाल गठन गरेको छ । जसको अध्यक्षमा लोकेश थापा,उपाध्यक्षमा श्रृषा आचार्य,सचिवमा शिव कुमार कलवार, सहसचिवमा अर्पण राई, कोषध्यक्षमा संजय यादव सहित ५२ सदस्य समिति गठन भएको हो ।
संजालले अब विभिन्न अनियमितता तथा भ्रष्टचार बिरुद्ध आवाज उठाउने अध्यक्ष थापाले बताउनुभयो । भ्रष्टचार तथा जनताको काममा ढिलासुस्ती बिरुद्ध आवाज उठाएका थियौ अब सबै युवा एकजुट भएका छौ थापाले भन्नुभयो यस बिरुद्ध अझै सशक्त हुनेछौ । जनताको काम जनप्रतिनिधि तथा कर्मचारीले छिटो छरितो गर्नुपर्नेमा थापाले जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma